सोमबार, १२ मे २०२५

शंकर पोखरेलले प्रचण्डलाई सम्झाए सरकारका उपलब्धीहरू

News Image
• • •

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारका उपलब्धीबारे सम्झाएका छन्। प्रचण्डले हालैमात्र केही गर्न नसकेर ‘एमाले काँग्रेसको सरकार रुझेको बिरालो जस्तो भएको’ टिप्पणी गरेका थिए।

प्रचण्डले सरकारले नराम्रोजति सबै गरेको र राम्रोचाहिँ एउटा पनि नगरेको टिप्पणी गरेपछि महासचिव पोखरेलले प्रचण्डलाई सरकारका उपलब्धीहरू सम्झाएका हुन्। 

‘प्रचण्डजी तपाई के बोल्दै हुनुहुन्छ? यी तथ्यहरूले तपाईंको बोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छ’ पोखरेलले सरकारका उपलब्धीहरूलाई यस्ता बुँदामा उल्लेख गर्दै प्रचण्डलाई भनेका छन्।
पोखरेलले देखेका सरकारका उपलब्धीहरू: 
तपाईं(प्रचण्ड) प्रधानमन्त्री हुँदाको भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको छ।

विदेशी मुद्राको सञ्चिति बढेको छ।

सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ।

निर्माण व्यावसायीलाई काम वापतको तपाईंको नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ।

निर्माण ठप्प रहेका ठुला आयोजनाहरुको काममा तिव्रता आएको छ। जस्तो पोखरा -मुग्लिन सडक, गैडाकोट- वुटवल सडक आद ।

भुकम्प र वाढि पिडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ।

वैंकको तरलता वृद्धि भएको छ। व्याजदर घटेको छ। लगानी वृद्धि हुन थालेको छ।

कानुन निर्माणको कामले तिव्रता पाएको छ।

सहकारीमा भएको घोटालाको छानविन र कार्वाहीको प्रकृया अघि बढेको छ। साना वचत कर्ताको वचत फिर्ता गर्ने प्रकृया सुरुभएको छ।

कानूनी सुधारको प्रकृयावाट लगानी योग्य वातावरण तयार भएको छ।

क़ानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ।

भूमि समस्याको समाधानको प्रकृया अघि वढेको छ।

सरकारको स्थायित्वको आधार तयार भएको छ।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?