मङ्गलबार, २० मे २०२५

‘अस्वस्थ’ भन्दै संसद गएनन् ओली, बालुवाटारमा देउवासँग गफिँदै!

फाइल तस्बिर
• • •

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

ओलीलाई भेट्न सभापति देउवा मंगलबार मध्याह्न बालुवाटार पुगेका हुन्। सोमबारको मन्त्रिपरिषद बैठकबाट राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने तयारी भएपनि ओलीले अन्तिम समयमा बैठक नै स्थगित गरेका थिए। लगत्तै ओलीलाई भेट्न देउवा बालुवाटार पुगेका हुन्।

ओलीले हिजो पनि देउवासँग भेट्ने तयारी गरेका थिए तर, देउवा ओली भेट्न गएनन्। आजको भेटमा दुई नेताबीच गभर्नर नियुक्तिकै विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो। 

यता प्रधानमन्त्री ओली अस्वस्थ भन्दै संसद बैठकमा सहभागी भएनन्। प्रधानमन्त्री नजाने भएपनि संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित भएको छ।

बालुवाटार स्रोतका अनुसार स्रोतका अनुसार ओली हिजोदेखि नै अस्वस्थ छन्। यद्यपि उनको स्वस्थ्य अवस्था सामान्य नै रहेको बताइएको छ।

स्रोतले भन्यो, ‘हिजैदेखि अलि अस्वस्थ हुनुहुन्छ। सामान्य नै हो अवस्था, आत्तिनुपर्ने केही छैन।’

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?