
बिएल संवाददाता
काठमाडौं
रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको एकल इजलासमा मुद्दाको सुनवाइ भइरहेको हो। यसअघि पटकपटक हेर्न नमिल्नेमा परेको रविको रिटमा आज भने सुनुवाइ भएको हो।
रविका कानुन व्यवसायीहरूले आजै आदेश आउनसक्ने सम्भावना रहेको बताएका छन्। सर्वोच्चले जिल्लाको फैसला सदर गर्दै उच्चको फैसला बदर गर्नेमा रविका कानुन व्यवसायीहरू ढुक्क देखिएका छन्।
यदि जिल्लाकै आदेश सदर भएका लामिछाने जिल्लाकै धरौटीका आधारमा थुनामुक्त हुनेछन्। तर, उच्चकै फैसला सदर भएमा उनको कारागार बसाइ लम्बिने छ।
१ .
२ .
३ .
४ .
५ .