
बिएल संवाददाता
काठमाडौं
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ।
मंगलबार साझ बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए।
उनी कांग्रेस निकट मानिन्छन्। गत प्रतिनिधि सभा निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर १ बाट कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका थिए।