बिहिबार, २२ मे २०२५

गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

News Image
• • •

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन्।

भट्टराईलाई केहीबेरअघि अख्तियारको टोलीले पक्राउ गरेको हो। उनी हिजो बेलुकीमात्रै गृह मन्त्रालय तानिएका थिए।

यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृतका रुपमा कार्यरत थिए। त्यहाँ रहदा उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरी परेको थियो। सोही प्रकरणमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको अख्तियार स्रोतले बतायो।

अख्तियारले केहीबेर अघिमात्रै विमानस्थल अध्यागमनमा छापा मारेको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?