बुधबार, १४ मे २०२५

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

File Photo
• • •

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन्।

आफू २० गते नै राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने नभइसकेकाे उनले बताए। राजीनामा स्वीकृत भएपछि मात्रै कारण खुलाउने उनकाे भनाइ छ। 

नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेल २०७९ माघ ९ गते प्रधानमन्त्री प्रचण्डकाे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएकाे थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?