
बिएल संवाददाता
काठमाडौं
नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ।
शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्मका लागि सार्ने निर्णय गरेकाे हाे।
यसअघि महासमितिको बैठक पुस १६ देखि १९ गतेसम्म गर्ने निर्णय थियो। तर त्यही समयमा राष्ट्रिय सभा चुनाव पनि हुने भएकाले बैठक सारिएकाे थियाे। योसँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटक सरेकाे छ।
उक्त कार्यसम्पादन बैठकमा जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल भएको नेता विमलेन्द्र निधिले जानकारी दिए।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
५ .