
बिएल संवाददाता
काठमाडौँ
पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले दायाँबायाँ नगरेर वैकल्पिक शक्ति बनाउन लाग्ने बताएका छन्।
शनिबार काठमाडौँमा नेपाल समाजवादी पार्टी बाग्मती प्रदेश र गैरभौगोलिक प्रदेशले संयुक्तरुपमा गरेको कार्यक्रममा उनले विगतमा वैकल्पिक शक्ति भने पनि सत्ताको च्याँखे थाप्ने पार्टी जस्तो भएको बताए।
त्यसैले गर्दा जनताले आफुहरूलाई बिश्वास नगरेको उनको भनाइ छ।उनले सत्ताको चास्नी खान चाहनेहरू आफुहरूको अभियानमा टिक्न नसकेको पनि बताए।