
बिएल संवाददाता
काठमाडाैँ
नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।
सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
बैठकले इलाम-२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने उनले बताए।