
बिएल संवाददाता
काठमाडाैँ
साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)काे दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
मंगलबार दशरथ रगशलमा भएकाे इलिमिनेटर खेलमा काठमाडौंलाई ३-०ले पराजित गर्दै ललितपुर एनएसएलकाे दोस्रो क्वालिफायरमा प्रवेश गरेको हाे। जितका लागि ललितपुरका इमोह इजिकिएलले २ र पापा केबेले १ गाेल गरेर सफलता दिलाए।
पहिलाे हाफमा काठमाडौंबिरुध २-० काे अग्रता लिएकाे ललितपुरले दोश्रो हाफमा १ गाेल थपन सफल रहयाे। खेलकाे ३६ औं मिनेटमा इमोह इजिकिएलले गाेल गर्दै ललितपुरलाई पहिलाे सफलता दिलाए। खेलकाे ४४ औं मिनेटमा ललितपुरले खेललाई २-० मा लयायाे।
ललितपुरका लागि दोश्रो गाेल पापा केबेले गरे। यता, खेलकाे ५६ औं मिनेटमा इजिकेलले ब्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई सफलता दिलाए।
ललितपुरले अब बिहिबार फाइनल प्रवेशका लागि पोखरा थन्डर्ससँग खेल्ने छ। साेमबार पाेखरा धनगढिसङ पेनाल्टी सुटआउटमा ४-३ ले पराजय भएकाे थियाे।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .