१३ औं साग खेलकुदको नयाँ मिति तय

तस्बिरः रासस

नेपालले आयोजना गर्ने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको मिति तय भएको छ । थाईल्याण्डको बैंककमा बसेको दक्षिण एसियाली ओलम्पिक कमिटिको बैठकले सागको नयाँ मिति तय गरेको हो ।

राखेप सदस्य सचिव केशव कुमार विष्टले प्रतियोगिता डिसेम्बर १ देखि १२ गतेसम्म सञ्चालन हुने खेलपाटीलाइ बताए ।

भारतको गुवाहाटीमा सम्पन्न १२ औ सागमा नेपालले अर्को संस्करणको आयोजना गर्ने बाचा सहित झण्डा लिएर आएको थियो । तर सरकारको उदासिनता कारणले प्रतियोगितालाई आवश्यक पर्ने पुर्वाधार बन्न सकेको छैन ।

सन् २०१९ को मार्चमा आयोजना गर्ने तय भएको प्रतियोगिता अन्तिम समयमा आएर डिसेम्बरमा सारिएको हो । भुकम्पले क्षतिग्रस्त बनाएको काठमाडौंको दशरथ रंगशालाको निर्माणले गति नलिदाँ प्रतियोगिता अनिश्चित बनेको थियो ।

सरकारले ६ महिना पछाडी सार्ने तयारी गरेपनि अन्तिम समयमा आएर डिसेम्बरमा आयोजना गर्ने निश्चित गरिएको छ । सागलाई लक्षित गर्दै पोखरा रंगशाला बनाउने भनिए पनि निर्माणको काम अघि बढ्न सकेको छैन । दशरथ रंगशालाको समेत अहिले कछुवा गतिमा पुर्वाधार निर्माणको काम भईरहेको छ ।

सरकारले डिसेम्बरमा मात्र प्रतियोगिता गर्न सकिने जानकारी नेपाल ओलम्पिक कमिटिलाई जानकारी गराएको थियो । सरकारी प्रतिबद्वता अनुसार बैंककमा बसेको साग ओलम्पिक कमिटिको बैठकले सो निर्णय गरेको हो ।

प्रकाशित मिति: : 2019-03-03 22:07:42

प्रतिकृया दिनुहोस्