रेनेसमाथि आर्सनलको उत्कृष्ट पुनरागमन, पुग्यो क्वाटरफाइनलमा

तस्बिरः एजेन्सी

इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहिबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब रेनेसलाई ३-० ले हराउँदै समग्रमा ४-३ को जितसहित आर्सनलले अन्तिम आठमा स्थान पक्का गरेको हो।

घरेलु मैदानमा आर्सनललाई जिताउन पेरिक एम्रिक आबुमियाङलेदुई गोल गरे। यस्तै मिटल्याण्ड निल्सले एक गोल गर्दै जित सुनिश्चित गरे।

खेलको पाँचौ मिनेटमा आबुमियाङले गोल गर्दै घरेलु टोलीलाई सुरूवाती अग्रता दिलाए। त्यसको १० मिनेटपछि आर्सनलले अग्रता दोब्बर पार्‍यो। खेलको १५ औं मिनेटमा निल्सले गोल गर्दै अग्रता बढाएका थिए।

त्यसपछि खेलको ७२ औं मिनेटमा आबुमियाङ व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए।

यसअघि पहिलो लेगमा आर्सनल ३-१ ले पराजित भएको थियो। तर, दोस्रो लेगमा आर्सनलले पुनरागमन गर्दै क्वाटरफाइनलको यात्रा तय गर्न सफल भयो।

प्रकाशित मिति: : 2019-03-15 09:00:44

प्रतिकृया दिनुहोस्