काेशी विवाद

कोशीका मुख्यमन्त्री थापाविरुद्धको मुद्दा पूर्ण इजालसमा, भोलिदेखि सुनुवाइ

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो। अब पूर्ण इजलासमा भोलिदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ।

मुख्यमन्त्री थापाले भदौ ४ मा लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेतासमेत पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले भदौ ६ सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

यसअघि भदौ ७ गते उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश दिएको थियो।

भने, भदौ १५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिए पनि सुनुवाइ भएको थिएन।

मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा प्रदेशसभा अध्यक्ष परिवर्तन गरेर बहुमत पुर्‍याएका थिए।

प्रकाशित मिति: : 2023-09-03 13:04:00

प्रतिकृया दिनुहोस्