गोल्डेन बुटमा मेसीलाई एमबाप्पेको चुनौती

तस्बिरः एजेन्सी

यो वर्षको गोल्डेन बुटका लागि बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई फ्रेन्च लिग वानमा पिएसजीका केलियन एम्बाप्पेले कडा टक्कर दिने भएका छन्।

पछिल्लो खेलमा रियल बेटिसविरुद्ध सानदार ह्याट्रिक गर्दै गोल्डेन बुट दौडको आफूलाई शीर्षस्थानमा कायमै राखेका मेसीले गोल अन्तरलाई फराकिलो पारेका छन् ।

मेसीले जारि सिजनमा २८ खेलबाट २९ गोल गरिसकेका छन्। उनले लिगका दुई खेल खेलेका थिएनन्।

यो सँगै उत्कृष्ट लयमा रहेका मेसीले पछिल्लो एक दशकमा छैठौं पटक गोल्डेन बुट जित्ने दावेदारी प्रस्तुत गरेका छन्।

यसबीचमा क्रिस्टियानो रोनाल्डोले ३ र लुइस सुआरेजले २ पटक गोल्डेन बुट जितेका थिए। सन् २०१३/१४ को सिजनमा रोनाल्डो र सुआरेजले समान ३१ गोल गर्दै उपाधि बाँडेका थिए।

पछिल्लो स्थिति हेर्दा मेसीलाई पछि पार्न पिएसजीका केलियन एमबाप्पेको मात्र अगाडि आएका छन्।

मेसीको २९ गोल गर्दा एम्बाप्पेले २२ खेलबाट २६ गोल गरिसकेका छन्।

ला लिगा र फ्रेन्च लिग वानमा अब समान १०-१० चरणका खेल बाँकी छन्।

यस्तै इटालियन लिगका फाबियो क्वाग्लीआरेल्लाले २१ गोल गरिसकेका छन् भने क्रिस्टियानो रोनाल्डो र क्रिस्टोफ पियाटेक १९ गोल गरेका छन्।

प्रिमियर लिगमा सर्जियो अग्यूरोले सर्वाधिक १८ गोल गर्दै मेसीभन्दा धेरै पछाडि छन्।

यसअघि लगातार दुई सिजन गोल्डेन बुटको उपाधि जितेका मेसीले २०१६/१७ मा ३७ गोल गरेका थिए भने सन् २०१७/१८ मा ३४ गोल गरेका थिए।

प्रकाशित मिति: : 2019-03-20 08:24:45

प्रतिकृया दिनुहोस्