अष्ट्रियामाथि पोल्यान्डको संघर्षपूर्ण जित

पोल्यान्डले सन् २०२० को युरोकपको छनोट खेलमा अष्ट्रियामाथि संघर्षपूर्ण जित निकालेको छ।

हापेल स्टेडियम वेनमा बिहीबार राति भएको समूह ‘जी’ को छनोट खेलमा पोल्यान्डले अष्ट्रियामाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।

पोल्यान्डको जितमा क्रिजिस्टफ पियाटिकले निर्णायक गोल गरे।

पहिलो हाफसम्म गोलरहित बराबरी रहेको खेलको ६९ औं मिनेटमा सब्टिच्यूट खेलाडी पियाटिकले गोल गरेका हुन्। उनले मैदान प्रवेश गरेको १० मिनेटमै गोल गरेका थिए।

निकै नै प्रतिस्पार्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्ने राम्रा प्रयास गरे पनि गोल गर्न नसक्दा अन्ततः पोल्याण्डले झिनो अन्तरको जित निकाल्यो।

 

प्रकाशित मिति: : 2019-03-22 09:08:02

प्रतिकृया दिनुहोस्