सन्तोष अर्याल
अनेक दुष्टहरू मिली
राजनैतिकको चाल चली
षड्यन्त्रको जाल बिछाई
प्रजालाई दलदलमा पारी
सुन्दर भविष्यको तलाशमा रहेका
निहत्था प्रजाको मस्तकमा
आज बन्दुक ताकेको छ
आसुरी प्रवृति भएका सैनिकले
आज मेरा देश बासीलाई!
देशको हितमा सुकर्म नगरी
प्रजाको रक्त निमोठी
अमृत समान बनाई
आफ्नो स्वार्थका निम्ति
अनेक चक्रव्यू रची
मेरो देशलाई आज नाङ्गो पारेका छन्
यी देशद्रोही असुरहरूले!
देशको अनेक रत्न बेच्यो
देश बनाउँछु भनी,
भएन भनी समुन्द्र समेत बेच्यो
देश बनाउँछु भनी,
यी पाखण्डि देशद्रोहीले!
अब सतर्क रहेस्-
यस दुष्कर्मको परिणाम स्वरूप
प्रमात्माको भेट
आज संसारमा
एक किरण समान नारीको
रूपमा घुमी रहेछ,
तेरो मृत्युको आह्वान गर्दै ..
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया