नेपाललाई हराउँदै साफ च्याम्पियनसिपमा भारतकोकीर्तिमानी जित

लगातार पाँचौ पटक उपाधि जितेको भारतीय महिला टोली ट्रफी सहित। तस्बिरः एन्फा

नेपाललाई हराउँदै भारतले लगातार पाँचौ पटक साफ च्याम्पियनसिप महिला फुटबलको उपाधि जित्दै कीर्तिमान बनाएको छ।

लगातार पाँचौ पटक भारतसँगै पराजित भएको नेपालचौथो पटक उपाधिबिहिन बन्यो।

विराटनगरस्थित शहिद रंगशालामा शुक्रबार भएको खेलमा भारतले नेपाललाई ३-१ ले हराउँदै प्रतियोगिताको पाँचै संस्करणमा उपाधि उचाल्यो।

नेपालको उपाधि यात्रामा भारत लगातार बाधक बन्दै आइरहेको छ। नेपाल सबै संस्करणमा भारतसँग पराजित हुन पुग्यो।

अघिल्लो संस्करणको सेमिफाइनलमा हार भोगेको नेपालले सुरूवाती ३ संस्करणमा फाइनलमै भारतसँग हार बेहोरेको थियो ।

निकै नै रोमाञ्चक खेलमा भारतलाई जिताउन डालिमा छिब्बर, ग्रेस दाङमेइ र अन्जु तामाङले गोल गरिन्। नेपालका लागि सावित्रा भण्डारीले एक गोल फर्काए पनि त्यो हार रोक्न पर्याप्त रहेन।

खेलको २६औं मिनेटमा डालिमाले करिब ३५ यार्डबाट प्रहार गरेको फ्रिकिकलेगोलको दिशा लिएपछि२० हजार घरेलु दर्शकमाझ खेलिरहेको नेपाल खेलमा पछि परेको थियो।

खेलको ३३औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरको लामो पासमा सावित्रा भण्डारीले हेडिङ मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याइन्।

पहिलो हाफसम्म १-१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो।

तुलनात्मक रूपमा दोस्रो हाफमा आक्रमक खेलेको भारतले ६३औं मिनेटमा सन्धियाको पासमा ग्रेस दाङमेईले गोल गरेपछि नेपाल खेलमा २–१ ले पछि परेको थियो।

यस्तै खेलको ७८औं मिनेटमा वैकल्पिक खेलाडी अन्जु तामाङले गोल गर्दै भारतको जित सुनिश्चित गरिन्।

सर्वाधिक गोलकर्ताको ट्रफी लिँदै सावित्रा भण्डारी र इन्दुमति कासिरेथान। तस्बिरः एन्फा

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी र भारतकी इन्दुमति कासिरेथान संयुक्त रूपमा सर्वाधिक गोलकर्ता भएका छन्। दुवै खेलाडीले प्रतियोगितामा समान ४-४ गोल गरेका थिए।

यस्तै भारतकै डालीमा छिब्बर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिइन्। प्रतियोगिताको फेयर प्ले अवार्ड बंगलादेशले प्राप्त गर्यो ।

प्रकाशित मिति: : 2019-03-23 10:24:29

प्रतिकृया दिनुहोस्