आईपीएल: सन्दीप टिममा नपरेको म्याचमा दिल्ली क्यापिटल बिजयी

१८ बलमा हाफ सेन्चुरी बनाएका दिल्लीका ऋषव पन्त। उनले ३७ बलमा नटआउट ७८ रन बनाएका थिए। तस्बिरः बिसिसिआई

इन्डियन प्रिमियर लिग(आईपिएल) मा दिल्ली क्यापिटलले विजयी सुरूवात गरेको छ।

आइतबार राति आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ३७ रनले हराउँदै प्रतियोगितामा विजयी सुरूवात गरेको हो।

दिल्लीले दिएको २१४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १९.२ ओभरमा अलआउट हुँदै १७६ रनमा समेटियो।

मुम्बईका लागि युवराज सिंहले अर्धसतकीय इनिङ्स खेलेका थिए। ३५ बल खेलेका सिंहले ५ चौका र ३ छक्का प्रहार गरेका थिए।

हार्दिक पाण्ड्याले ३२ रन बनाउँदा डी कक २७ रनमा आउट भए। कप्तान रोहित शर्माले १४ रन बनाउँदा किरण पोलार्डले २१ रन जोडे। 

मुम्बईलाई सस्तैमा रोक्न दिल्लीका लागि ईशान्त शर्मा र कागिसो राबदाले समान २-२ विकेट लिए। दिल्लीका सबै बलरले विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीका लागि रिषभ पन्तले बिस्फोटक ब्याटिङ गर्दै ७८ रन बनाएका थिए।

मुम्बइ इन्डियनसँग बानखडे स्टेडियममा आइतबार भएको पहिलो खेलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने प्लेइङ ११ मौका पाएनन्।

आइपिएलको ११ औँ संस्करणमा पनि सन्दीप सुरूवाती ९ खेलसम्म प्लेइङ ११ मा परेका थिएनन्।

मात्र २७ बल खेलेका उनले ७ चौका र ७ छक्का प्रहार गरेकाथिए। उनले मात्र १८ बलमा अर्धशतक प्रहार गरेका थिए कोलिन इन्ग्रामले ४७, शिखर धवनले ४३ रन बनाउँदा कप्तान श्रेयस ऐयरले १६ रन जोडेका थिए।

मुम्बईका लागि मिचेल म्यागलेनेगमले ३, जसप्रित बुमराह, हार्दिक पटेल र बेन कटिङले समान १-१ विकेट लिएका थिए।

यो जीतसँगै दिल्ली अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

मुम्बइ इन्डियनसँग बानखडे स्टेडियममा आइतबार भएको पहिलो खेलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने प्लेइङ ११ मौका पाएनन्।

आइपिएलको ११ औँ संस्करणमा पनि सन्दीप सुरूवाती ९ खेलसम्म प्लेइङ ११ मा परेका थिएनन्।

प्रकाशित मिति: : 2019-03-25 00:25:10

प्रतिकृया दिनुहोस्