
विनायक कार्की
म पनि निगोरो नै त हुँ,
चिसा साँघुरामा कठ्याङ्ग्रिदै हुर्किरहेका हामी बिच कति नै असमानता छ र?
कठोर समयका पैतालाले दुवैका निधार टेकेकै छन्,
सिसा सरि तोडिएकै छन् रङ्गीन जीवनका कल्पनाहरु।
निहुरेका शिरले उत्तिकै लज्जा छिपाएका छन्,
घुँग्रिएका घाँटिमा अव्यक्त भावना उत्तिएकै गाढिएका छन्,
वेविचारी र चञ्चलताले ध्वजासरि फरफराइरहेका छन्,
अनि खोसिएका रहरका तरङ्गले थरथराईरहेका छन्,
जीवनरुपी तलाउका जादुमय स्वरुप।
आखिर म र निगुरोबिच कति नै फरक छ र?
कलिलो छउञ्जेल सबैले चुँड्न आत्तुरिने,
निमोठ्ने अनि उखेलिदिने।
तर एक पटक उखेलिएर कलेटी
परेका मेरा ओठका भावना बुझ्न को नै पो फर्की आउला र?
त्यसरि नै जसरि
एक पटक चुँडेर लगेको निगुरोको बोट सुम्सुम्याउन
को नै पो फर्की आउँछ र?
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया