युरो छनोटः इंग्ल्यान्डको लगातार शानदार जित

तस्बिरः एजेन्सी

इंग्ल्याण्डले युरो छनोटमा लागातार उत्कृष्ट जित निकालेको छ।

छनोटको पहिलो खेलमा चेक रिपब्लिकलाई ५–० ले हराएको इंग्ल्यान्डले दोस्रो खेलमा मोन्टेनेग्रोमाथि ५–१ को शानदार जित निकालेको हो।

इंल्याण्डलई जिताउन चेल्सीका मिडफिल्डर रोस बार्कलीको दुई गोल गर्दा माइकल किन, ह्यारी केन र रहिम स्ट्रलिङले एक-एक गोल गरे। मोन्टेनेग्रोका मार्को भेसोभिकले एक गोल फर्काए।

मोन्टेनेग्रोको घरेलु मैदानमा सोमबार राति एक गोलले पछि परेको स्थिति उल्ट्याएर इंल्याण्डले लगातार दोस्रो जित निकालेको हो।

खेलको १७ औं मिनेटमा मार्कोले गोल गर्दै घरेलु टोलीलाई सुरूवाती अग्रता दिलाएको थियो। तर, त्यो अग्रता लामो समय टिकेन । ३०औं मिनेटमा रोसको पासमा किनले बराबरी गोल फर्काएपछि इंग्ल्यान्ड खेलमा फर्किएको थियो।

खेलको ३९औं मिनेटमा रोस बार्कलीले गोल गर्दै इंग्ल्यान्डले पहिलो हाफमा २–१ को अग्रता बनायो।

खेलको ५९ औं मिनेटमा बार्कलीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि इंग्ल्यान्डले खेलमा ३–१ को अग्रता बनायो ।

७१औं मिनेटमा ह्यारी केनले गोल गरेपछि इंग्ल्यान्ड फराकिलो जिततर्फ अग्रसर बन्यो। खेलको ८१औं मिनेटमा रहिमले गोल गर्दै इंग्ल्यान्डलाई ५–१ को सानदार जित दिलाए ।

जितसँगै इंग्ल्यान्ड युरो छनोटको समूह ‘ए’ मा दुई खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ। पराजित मोन्टेनेग्रो १ अंकसहित चौथो स्थानमा छ।

यही समूहको अर्को खेलमा बुल्गेरिया र कोसोभोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे। बुल्गेरिया २ अंकसहित दोस्रो तथा कोसोभो १ अंकसहित तेस्रो स्थानमा छन्।

प्रकाशित मिति: : 2019-03-26 09:23:32

प्रतिकृया दिनुहोस्