मेसी र सुआरेजको गोलमा बार्सिलोनाको रोमाञ्चक जीत

तस्बिरः एजेन्सी

कप्तान लियोनेल मेसी र लुइस सुआरेजले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानको खेलमा एट्लेटिको म्याड्रिडलाई हराएको छ।

बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा शनिबार १० खेलाडीमा समेटिएको एट्लेटिकोमाथि बार्सोनाले २–० को जित निकालेको हो।

अत्यान्तै रोमाञ्चक खेलको २८औं मिनेटमा पाहुना टोली १० खेलाडीमा समेटियो। एट्लेटिकोका डिएगो कोस्टाले रेफ्रीमाथि गलत व्यवहार गरेपछि सोझै रातो कार्ड पाएका कोष्टा मैदान बाहिरिएका थिए।

एट्लेटिको १० खेलाडीमा समेटिएपछि बार्सिलोनाकोत्यसको फाइदा उठाउने प्रयास लगातार असफल बनिरहेको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा बार्सिलोना हाबी देखिएको थियो। तर खेल सकिन ५ मिनेट बाँकी हुँदा सुआरेज र मेसीले एक मिनेटको अन्तरमा दुई गोल गर्दै बार्सिलोनालाई रोमाञ्चक जित दिलाए।

खेलको ८५औं मिनेटमा लुइस स्वारेजले जोर्डी अल्वाको पासमा गोल गर्दै घरेलु टोलीलाई सुरूवाती अग्रता दिलाए। लगत्तैखेलको ८६औं मिनेटमा कप्तान मेसीले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए।

यो जितसँगै बार्सिलोनाले लिगमा उपाधि होड थप बलियो बनाएको छ। ला लिगामा अब ७ चरणको खेल बाँकी रहँदा बार्सिलोनाले दोस्रो र तेस्रो स्थानको एट्लेटिको र रियाल म्याड्रिडमाथि क्रमश: ११ र १३ अंकको अग्रता बनाएको छ।

बार्सिलोनाले ३१ खेलबाट २२ जित, ७ बराबरी र २ हारसहित ७३ अंक बनाउँदादोस्रो स्थानमा रहेको एट्लेटिकोको समान खेलबाट १८ जित, ८ बराबरी र ५ हारसहित ६२ भएको छ।

यस्तै तेस्रो स्थानमा रहेकोरियलको १९ जित, ३ बराबरी र ९ हारसहित ६० अंक पुगेको छ।

प्रकाशित मिति: : 2019-04-07 07:36:28

प्रतिकृया दिनुहोस्