हैदारावादलाई हराउँदै पन्जाब तेस्रो स्थानमा उक्लियो

रोमाञ्चक खेलमा सनराइज हैदारावादलाई हराउँदै किंग्स इलाभेन पन्जाब भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को तेस्रो स्थानमा उक्लिएको छ।

सोमबार भएको खेलमा सनराइजर्स हैदरावादलाई अन्तिम बल बाँकी छँदा ६ विकेटले हराउँदै पन्जाबले प्रतियोगितामा चौंथो जित निकालेको हो ।

पन्जाब क्रिकेट एसोसियसनको मैदानमा हैदरावादले दिएको १५१ रनको लक्ष्य पन्जाबले अन्तिम बल बाँकी छँदै पुरा गर्‍यो।

उसका लागि लोकेश राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेले। राहुलले अविजित रहदै ७१ रनको योगदान दिदाँ अग्रवाल ५५ रनमा आउट भए।

यसअघि क्रिस गेलले १६ रन बनाउँदा डेभिड मिल्लर १ तथा साम करण ५ रनमा अविजित रहे।

हैदरावादका सन्दीप शर्माले २ विकेट लिए। राशिद खान र सिद्दार्थ काउलले एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो ।

हैदरावादका लागि डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा विजय शंकरले २६ रन जोडे।

यस्तै मनिष पाण्डेले १९ र दिपक होडाले ३ बलमा अविजित १४ रन बनाए।

पन्जाबका मुजिब उर रहमान, मोहमद शामी र रविचन्द्र आश्विनले समान १/१ विकेट लिए।

यो जितसँगै पन्जाब ६ खेलबाट ४ जितसहित ८ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो। हैदारावाद चौथो स्थानमा पन्जाब लिगको चौथो स्थानमा झरेको छ। हैदरावादले ६ खेलबाट ३ र ३ हार व्यहोरेको छ।

लिगमा समान ८ अंक जोडे पनि रनरेटका आधारमा कलकत्ता नाइट राइडर्स शीर्ष स्थानमा छ। समान अंक जोडेको चेन्नई सुपर किङ्स दोस्रो स्थानमा छ। भोलि शीर्ष दुईमा रहेका चेन्नई र कलकत्ता भिड्नेछन्।

प्रकाशित मिति: : 2019-04-09 00:27:49

प्रतिकृया दिनुहोस्