कोलकत्तालाई हराउँदै चेन्नई सुपर किङ्स आईपीएलको शीर्ष स्थानमा उक्लियो

तस्बिरः एजेन्सी

कोलकत्तालाई हराउँदै चेन्नई सुपर किङ्स भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ।

मंगलबार कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

एम चिदामबराम क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १०९ रनको सामान्य लक्ष्य घरेलु टोली चेन्नईले १७ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो।

चेन्नईको जितमा फाप डु प्लेसिसले अविजित ४३ रन बनाउँदा अम्बाती रायाडुले २१ तथा सेन वाट्सनले १७ रन बनाए। सुरेश रैना १४ रनमा आउट हुँदा केदार जादबले अविजित ८ रन जोडेका थिए।

कोलकत्ताका सुनिल नारिनेले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनाएको थियो ।

कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि बाँकी कुनै पनि खेलाडीले राम्रो खेल्न सकेनन्।

यस्तै कप्तान दिनेस कार्तिकले १९ तथा रोबिन उथप्पाले ११ रन बनाउँदा बाँकी ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

चेन्नईका दिपक चाहरले ३ विकेट लिँदा हरबजन सिंह र इमरान ताहिरले समान २/२ विकेट लिए ।

यो जितसँगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले लिगमाछैठौंखेलबाट पाँचौं जित निकालेको छ। चेन्नईले ६ खेलबाट १० अंक जोडेको छ ।

पराजित कोलकत्ता ६ खेलबाट ८ अंक जोडेर लिगको दोस्रो स्थानमा यथावत छ।

प्रकाशित मिति: : 2019-04-10 00:00:51

प्रतिकृया दिनुहोस्