आर्सनलले नेपोलीलाई हरायो

तस्बिरः एजेन्सी

इंग्लिस क्लब आर्सनलले इटालियन क्लब नेपोलीलाई हराएको छ। युरोपा लिग फुटबलको क्वार्टरफाईनलको पहिलो लेगमा प्रिमियर लिग क्लब आर्सनलले सिरि ए क्लब नापोलीलाई  २-० ले हराएको हो।

घरेलु मैदान इमिरेट्समा आइतबार राति भएको खेलमा आर्सनललाई जिताउन आरोन राम्सीले एक गोल गर्दा एक गोल आत्मघातीको रुपमा उपहार पाएको थियो। दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो।

खेलको १५औं मिनेटमा राम्सीको गोलबाट घरेलु टोली आर्सनलले सुरूवाती अग्रता लियो। खेलको २५ औं मिनेटमा लुकास टोरेराको बक्स बाहिरको प्रहार कलिडोउ कोउलीबालीले जोगाउन खोज्दा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि आर्सनलले पहिलो हाफमा २–० को अग्रता बनायो।

अत्यन्तै प्रतिश्पर्धात्मक रहेको दोस्रो हाफमा नापोलीले गोल गर्ने केही अवसर सिर्जना गरे पनि गोल हुन नसक्दा आर्सनलले अग्रता जोगाइ राख्न सफल भयो।

दोस्रो लेग नेपोलीको मैदानमा आगामी १९ अप्रिलमा हुनेछ। यसमा आर्सनलले यही अग्रता जोगाइराख्न सफल भए सेमिफाइनलमा प्रवेश गर्नेछ। तर नेपोलीलाई सेमिफाइनल पुग्न ३-० को निश्चित जित आवश्यक छ ।

प्रकाशित मिति: : 2019-04-12 09:02:31

प्रतिकृया दिनुहोस्