‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
नेकपा एमालेकी सचिव पद्मा कुमारी अर्यालले विवादस्पद अभिव्यक्ति दिएकी छिन्। गाली गलौज गर्दै चुनावी सभालाई सम्बोधन गरिरहेकी अर्यालले कसैलाई संकेत गर्दै कुकुरसम्म भन्न भ्याएकी छिन्।
चितवन २ को उपनिर्वाचका लागि उम्मेदवार रहेका रवि लामिछानेलाई लक्षित गर्दै उनले भनेकी छिन्, ‘भुक्ने कुकुरले टोक्दैन साथीहरु। एक पटक थट भन्ने हो भने ती कहाँ पुग्छन् कहाँ। अमेरिकाको मिष्ठान्न खाने नेपालमा भएका असन्तुष्टिलाई उचाल्ने, अनि नेता भइहालिन्छ कि भन्ने धमिलो पानीमा ढुंगा हानेर नेता बन्ने कोशिस गर्ने, यस्ता कुराहरु धेरै दिन टिक्दैनन्। खहरे खोला हुन्, एकछिन आउँछन्, जान्छन्।’
सचिव अर्यालले रवि लामिछानेलाई लक्षित गर्दै अमेरिकामा गएर श्रीमती र बच्चाहरुसँग माफी माग्न पनि आग्रह गरेकी छिन्। ‘यहाँ कसैलाई कटाक्ष गर्नु छैन। इन्द्रका अगाडि स्वर्गको बयान। यहाँका जनप्रतिनिधिको बयान गर्नु भनेको इन्द्रका अगाडि स्वर्गको बयान गर्नु जस्तै हो।’
उनले आगडि भनिन्, ‘मैले कुरा सुनेकी छु, गल्ती गरेको हो भने माफ माग्ने ठाउँ कहाँ हो भनेर। उहाँलाई माफ माग्ने ठाउँ थाहा रहेनछ। म दुई तीन वटा मात्र सम्झाइदिन्छु। पहिलो माफ अमेरिकामा जहाँ उहाँकी श्रीमती र बच्चाहरु रोइरहेका छन्, त्यहाँ गएर माफ माग्नु पर्दछ। अर्को देशको कानुन मिच्ने, च्यात्ने गर्नुभएको छ। त्यहाँ माफ माग्नु पर्दछ।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया