चेन्नई सुपर किङ्सका कप्तान महेन्द्र सिंह धोनीलाई जरिवाना लगाइएको छ।
आइपिएलको नियमविरूद्ध मैदान प्रवेश गरेर रेफ्रीसँग विवाद गरेको भन्दै आइपिएलको अनुसासन समितिले धोनीलाई म्याच फीको ५० प्रतिशत जरिवाना लगाइएको छ।
जयपुरमा बिहिबार राजस्थानविरूद्धको खेलमा चेन्नाईलाई जितका लागि अन्तिम ओभरमा १८ रन चाहिएको थियो। राजस्थानका बेन स्टोकले बलिङ गरेको उक्त ओभरको पहिलो बलमा रविन्द्र जडेजाले छक्का प्रहार गरे। दोस्रो बल नो बल भएपछि स्ट्राइकमा धोनी पुगे। उनले दोस्रो बलमा २ रन जोडे। तेस्रो बलमा स्टोकले धोनीलाई बोल्ड गरे। त्यसपछि चेन्नाईलाई अन्तिम ३ बलमा ८ रन चाहिएको थियो।
क्रिजमा नयाँ ब्याट्सम्यानको रुपमा मिचेल सान्टनर पुगेका थिए। चौथो बलमा पनि स्टोकले नो बल फाले। तर अम्पायरले अन्तिम निर्णयको रुपमा त्यसलाई नो बल दिएनन्। यसबारे विवाद भएपछि चेन्नाईका कप्तान धोनी अम्पायरसँग असन्तुष्टी जनाउँदै मैदानमै प्रवेश गरेका थिए।
Save this video clip for ages to come, cuz after the discovery of black hole this week, this is an another rarest of rare picture in the history of mankind- "THE ANGRY DHONI"!!!#RRvCSK pic.twitter.com/mEIi65jAVb
— Shashank Snehamप्रकाशित मिति: : 2019-04-12 09:25:56