मेस्सी र स्वारेजबिनाको बार्सिलोना पुछारको टोली हुएस्कासँग बराबरीमा रोकियो

तस्बिरः एजेन्सी

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना पुछारको टोली हुएस्कासँग बराबरीमा रोकिएको छ।

शनिबार भएको खेलमा बार्सिलोना हुएस्कासँग गोलरहित बराबरीमा रोकिएको हो।

कप्तान लियोनल मेसी र लुइस स्वारेज बिनै मैदान उत्रिएको बार्सिलोनाले पाएका केही राम्रा मौका सदुपयोग गर्न नसक्दा अंक बाढ्न बाध्य भयो।

हुएस्काविरुद्ध बार्सिलोनाले अधिकांश दोस्रो रोजाईका खेलाडीलाई मैदान उतारेको थियो। हुएस्काविरुद्ध बार्सिलोनाले बल पोजिसनमा पकड जमाए पनि गोल गर्न नसक्दा मेसी र स्वारेजको अभाव खड्किएको थियो।

यो बराबरीसँगै बार्सिलोनाले ३२ खेलबाट ७४ अंक जोडेको छ। बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिडको भन्दा १२ अंकले अघि रहेको छ । हुएस्का २५ अंक जोडेर लिगको पुछारमा रहेको छ ।

प्रकाशित मिति: : 2019-04-14 00:34:11

प्रतिकृया दिनुहोस्