सन्दीप लामिछाने आइपिएलको इमर्जिङ प्लेयर अवार्डको मनोनयनमा

तस्बिरः एजेन्सी

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आइपीएलको इमर्जिङ प्लेयर अवार्डको मनोनयनमा परेका छन्।

दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमिएर लिग क्रिकेट खेलिरहेका सन्दीप युवा खेलाडीलाई प्रदान गर्ने यस अर्वाडको मनोनयनमा परेका हुन्।

जारी आइपीएलमादिल्लीबाट ४ खेल खेलेका सन्दीपले ५ विकेट लिइसकेका छन्।

दिल्लीले खेलेका ८ खेलमध्ये४ खेल खेलेका उनी पछिल्लो सनराइजर्स हैदरावाद र कोलकता नाइटराइडर्सविरुद्ध खेलमा बेन्चमै बसेका थिए। सन्दीप गतसिजनबाट आइपीएलमा आबद्ध भएका हुन्।

सन्दीपसँगै इमरर्जिङ प्लेयर अवार्डको मनोनयनमा मुम्बई इन्डियन्सका राहुल चहर,रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन्।

मनोनयन सार्वजनिकसँगै अवार्डको लागि भोटिङसमेत खुल्ला भएको छ। आईपीएलको आधिकारीक वेवसाईटमा गएर भोट गर्न सकिने आइपिएलले जनाएको छ। गत सिजनको अवार्ड दिल्लीकै रिसब पन्तले जितेका थिए।

प्रकाशित मिति: : 2019-04-15 23:40:23

प्रतिकृया दिनुहोस्