स्नेह सायमी
म चितलाङ्गकाे तामाङ
बोल्न नजान्ने
बोक्न मात्र जान्ने
मैले बोकेरै सकाएँ मेरो जीवन
म लेख्न नजान्ने
पढ्न नजान्ने
आफैले ल्याप्चे लगाएको
नेपाली कागजको तमसुकमा के लेखिएको छ
थाहा नपाउने
मैले बोकेको भारीको
मैले बगाएको पसिनाको
मूल्य पनि हुन्छ भनेर
कहिल्यै सोच्न नसक्ने
मलाई बोकाएर कहाँ पुगिसके उनीहरु
आँक्नै नसक्ने म
पहिचानविहीन भरिया
मेरो नामको के अर्थ ?
हो म नै हुँ
बोकेर ल्याउने राणा महाराजहरुको त्यो पहिलो गाडी
हो म नैं हुँ नलिएको ऋणसँग श्रम साट्ने
बेनाम लफङ्गा
मेरो के नाम हुनु
मैले बोकेर ल्याएको गाडीको ब्राण्ड जस्तो
मेरो के पहिचान हुनु
म जन्मेदेखि नै किचिएको छु
बोकेर
मैले नलिएको ऋणको भार
म बेहोसी मैं बरबराई रहेको छु
लागेर
मैले नपिएको नशाको मात
मेरो नाममा कसकसले सहिछाप गरे
मलाई थाहा छैन
मेरो काँधमा के–के पोको पारेर राखिएको छ
मलाई थाहा छैन
एक बड्को जाँड र
एक घुट्को कोदोको रक्सी हो
मैले पिउने
मेरो जीवन कसले चुसिरहेछ
मलाई थाहा छैन
कसले मेरो अध्ययन गरिरहेछ
कसले मेरो अनुसन्धान गरिरहेछ
मेरो उत्थानका नाममा
म माथि को चढिरहेछ
मलाई थाहा छैन
सबै कुरा बोक्न सक्ने मेरो काँधमा
जसले चढ्यो
उसले किन इर्ष्या गरिरहेछ
मलाई थाहा छैन
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया