कप्तान लिओनेल मेसी र लुइस सुआरेजको गोलमा च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुलमाथि सानदार जित निकालेको छ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब लिभरपुललाई ३-० गोल अन्तरमा हराएको हो।
क्याम्प नाउमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेसीले दुई गोल गर्दा लुइस स्वारेजले एक गोल गरेका थिए।
खेलको २६ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १-० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्यो। जसमा कप्तान मेसी नायक बने। खेलको ७५ औं मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। त्यसपछि खेलको ८२ औं मिनेटमा मेसीलेनै फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए। सात मिनेटको बीचमा दुई गोल गरेका मेसीले बार्साका लागि पहिलो गोल गरेको ठ्याक्कै १४ वर्षपछि ६०० औँ गोल पनि गरे।
यस्तै लिभरपुलविरुद्ध तीन गोल गरेसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा ५ सय गोल पुरा गरेको छ ।
The first of 600 ⚽
यो पनि ...
१ . नेपालले भन्यो- आतंकवादविरुद्ध भारतलाई दृढ साथ
२ . आज जातिभेद उन्मुलन दिवस मनाइदै
३ . 'अहिले पनि काठमाडौंमा नेवारले जातका आधारमा सडक सफा गर्नुपरेकाे छ, कामका आधारमा होइन'
४ . ठमेलकाे पहिलाे ‘बुटिक सप’ बाट ब्युटीसियन बनेकी लक्ष्मी (भिडियाेसहित)
५ . ईपिएल : चितवनले भैरहवालाई दियो १६५ रनको लक्ष्य
प्रकाशित मिति: : 2019-05-02 08:20:17