लालिगाको ३६ औं म्याचमा शिर्ष स्थानका बार्सा र एथ्लेटिको मड्रिड दुबै पराजित

लालिगाको ३६औं लिग म्याचमा शीर्ष बरियतामा रहेका दुबै टिमले आ-आफ्नो म्याच गुमाएका छन्। यस सिजनको लालिगा च्याम्पियन भैसकेको बार्सिलोना लिगको १४औं स्थानम रहेको सेल्टो भिगोसँग २-० ले पराजित भएको छ भने उपविजेता एथ्लेटिको म्याड्रिड लिगको नवौ स्थानम रहेको इस्पानोलसँग ३-० ल़ पराजित भएको छ। 

च्याम्पियन्स लिगका लागि पहिलो रोजाइका अधिकांश खेलाडीलाई छुट्टि दिएर बैकल्पिक खेलाडीका साथ मैदानमा उत्रेको बार्साले विपक्षीको गोलपोष्टमा एक गोल पनि छिराउन सकेन तर आफ्नो गोलपोष्टमा भने दुई गोल छिराउन दियो। सेल्टो भिगोका तर्फबाट खेलको ६७औं मिनेटमा गोन्जालेजले गोल गरे भने ८८ओं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै अस्पासले गाली चुमाए।

उता, एथ्लेटिको मड्रिडका गोडिनले पहिलो हाफको अतिरिक्त समयमा आत्मघाती गोल गरेका थिए भने इस्पान्योलका बोर्जाले ५२औं र ८९औं मिनेटमा गोल गरे। उनले ८९औं मिनेटमा गरेको गोल चाँहि पेनाल्टी गोल थियो।

३६ंऔं लिग म्याच गुमाए पनि ३ खेल बाँकि रहदै यो सिजनको लालिगामा बार्सा विजेता भैसकेको छ भने एथ्लेटिको मड्रिड उपविजेता भैसकेका छन्।अब बाँकि रहेका दुई म्याच गुमाउँदा पनि उनीहरूलाई कुनै फरक पर्दैन। 

प्रकाशित मिति: : 2019-05-05 04:54:07

प्रतिकृया दिनुहोस्