अपडेट

सिक्किम हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु (भिडियाेसहित)

सिक्किमको गान्तोक–नाथुला सडकखण्डमा मंगलबार हिमपहिरो खसेको छ।

हिमपहिराेमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

मृत्युहुने नेपालीहरूमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेका छन्। स्राेतकाअनुसार मृतक सबै घुम्न गएका मानिसहरू हुन्।

राजधानी गान्तोकलाई नाथुला दर्रासँग जोड्ने जवाहरलाल नेहरु रोडमा दिउँसो १२:२० बजेतिर हिमपहिराे खसेकाे थियाे।

प्रहरी अधिकारीका अनुसार दुर्घटना भएको ठाउँमा जानका लागि पास बनाउने कार्य जारी छ। हिमपहिरोका कारण पर्यटक बस खाल्डोमा खसेको अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति: : 2023-04-05 08:01:00

प्रतिकृया दिनुहोस्