‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’ मा कान्तिपुर र मिडिया हब प्रि क्वार्टरफाइनलमा

काठमाडौं– नेपाल विज्ञापन संघ आनको आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’ शुरु भएको छ। प्रतियोगितामा व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरि ३२ टिमले भाग लिएका छन्।

सानेपाको फिल्ड फुटसलमा शुरु भएको प्रतियोगिताको उद्घाटन पूर्व अध्यक्ष माधवराज तिमिल्सिना, अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ तथा चौधरी गु्रपका महाप्रवन्धक लालवावु प्रसादले संयुक्तरुपमा गरेका थिए।

समूह ‘जी’बाट कान्तिपुर मिडिया ग्रुप र क्यूएफएक्सले अन्तिम १६मा स्थान सुरक्षित गरेका छन्। कान्तिपुर अपराजित रहँदै अन्तिम १६ मा पुग्दा क्यूएफएक्सले कान्तिपुरसँग पराजित भएपनि प्रिज्मार्कसँग बराबरी र नयाँ पत्रिकालाई पराजित गरेर प्रि क्वार्टरफाइनलमा स्थान बनायो।

कान्तिपुर मिडिया ग्रुपले नयाँ पत्रिकामाथि २–० गोलको जीत निकाल्दै प्रतियोगिताको सुखद् शुरुआत गरेको थियो। यसैगरी कान्तिपुरले दोस्रो खेलमा प्रिज्मार्कलाई ३–२ गोलले निराश बनाउँदा क्यूएफएक्समाथि २–० को जीत दर्ता गरेको थियो।

समूह ‘एच’ बाट मिडिया हब र एड रिलिजले प्रि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्। मिडिया हबले मार्समाथि २–१ गोल अन्तरले जित निकाल्दा की एड्भरटाईजिङमाथि १ का विरुद्ध १० गोल र एड रिलिजमाथि १–० को जीत निकाल्न सफल भयो। यसैगरी एड रिलिजले की एडभरटाईजिङलाई ६–० गोल अन्तरले पराजित गर्दा मार्समाथि ५–२ गोल अन्तरको जीत दर्ता गरेको आनका महासचिब राजु कुँइकेलले जानकारी दिए।

प्रतियोगिता अन्तर्गत मंगलबार समूह ‘इ’ र ‘एफ’का समूह चरणका सबै खेल हुने छन्।

समूह इ मा न्यूज–२४, विजनेस एडभान्टेज, नेपाल टेलिभिजन र माछापुच्छ«े वैंक रहेका छन्।

समूह एफ मा मिडिया वास्केट, पिक्सन इन्जिनियरिङ, फ्यूचर हब र सुश्री मिडिया रहेका छन्।


प्रकाशित मिति: : 2019-05-06 21:40:10

प्रतिकृया दिनुहोस्