‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
मुक्ति गौतम
गुवाहाटीको रेल्वे 'जक्सन' पछाडि पट्टी प्लास्टिकहरूले बेरेको एउटा छाप्रोमा च्यात्तिएका बोरा ओडेर पुषे ठिही ताप्छन्, चमेलीका परिवार।
दश, बाह्र र तेह्र वर्षका तीनवटी छोरी र सात वर्षको एउटा छोरासहित जम्मा चार जनाका जहान छन्, चमेलीका।
केही खाएर जीवन धान्ने विकल्प थिएन। रेल्वे प्लेटफर्ममा कसैले एकदुई पैसा दिए केही कुरा किनेर खाने, नदिए धेरै पानी पिएर भुँडी टम्म भर्ने विवशता थियो– चमेलीका परिवारको।
एकदिन पिसाब फेर्न चमेली एउटा भवनको चेपमा पसी। नालीमा फ्याँकेको भात र रोटीका थुप्रै टुक्राहरू भेटी। भोकी चमेलीले आफूले ओडेको च्यांग्लो परेको मजेत्रोमा भात र रोटीको पोको पारेर आफ्नो छाप्रोमा पुगी। भात धोइ पखाली गरी। नुन–खुर्सानी हालेर त्यो भात फेरि फत्काइ।
साँझमा भुँडी छाम्दै छोराछोरी आइपुगे। चारैजना वरीपरी राखेर चमेलीले भात चार भाग लगाइ। आज धेरै दिनपछि सबैले भुँडी भरी भात खाएर टन्न अघाए। त्यस दिनदेखि चमेलीका छोराछोरीहरू गुवाहाटी सहरका विभिन्न होटलका रछ्यानतिर आहारा खोजी–खोजी हिँड्ने गर्छन्।
एकदिन चमेलीकी माइली छोरी राति नौ बजेतिर एउटा होटेलको जुठेल्नोमा फ्याँकेको भात खोज्दै थिइ।
होटल ब्वायले 'चोर ठान्यो कि कुकुर ठान्यो' भित्र होटलको किचनबाट एउटा फुटेको इँटाले हान्यो। अँध्यारोमा पनि निशाना अचुक भएछ कि क्या हो माइली ठाउँको ठाउँ खुत्रुक्कै मरी।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया