च्याम्पियन्स लिग यसपटक इङ्ल्याण्डको पोल्टामा पर्ने भएको छ। दुई इङ्लिस क्लव टोटनह्याम र लिभरपुल फाइनलमा आम्नेसाम्न हुने भएपछि जसले जिते पनि परिणाम इङ्ल्याण्डकै पक्षमा जाने भएको हो।
केही समयअघि आम्स्ड्रममा सम्पन्न दोस्रो सेमिफाइनलको दोस्रो लेगमा टोट्नह्याम ३-२ ले विजयी भएपछि यस्तो फाइनल समिकरण बनेको हो।पहिलो लेगमा आफ्नै गृहमैदानमा डच च्याम्पियन अजाक्ससँग १-० ले पराजित भएको टोटनह्ममले अजाक्सलाई उसकै गृहमैदानमा हराएर बदला लियो।
टोननह्यामको जितको लागि लुकास मौरा एक्लैले चमत्कारिक ३ गोल गर्दै ह्याट्रिक पूरा गरे। उनले अतिरिक्त समयको अन्तिम मिनेटमा गरेको गोल नै टोटनह्यामलाई फाइनलमा पुर्याउन र अजाक्सलाई सेमिफाइनलबाटै विदा गर्न सफल भयो।
पहिलो हाफमा २-० ले अगािड रहेको अजाक्सले दोस्रो हाफमा तीन गोल खायो। यसले औसतमा ३-३ को स्थिति बन्यो।तर टोटनह्यामले अवे मैदानमा गरेको एक गोल बढी नै जितका लागि निर्याणक बन्यो।
अजाक्सका लागि खेलको पाँचौ मिनेटमै म्याथिजले गोलको खाता खोलेका थिए भने ३५औं मिनेटमा हकिमले गोल थपेर जितका लागि अझ गतिलो आधार बनाएका थिए। यतिबेलासम्म पहिलो लेगको १ गोलसहित अजाक्स ३ ० ले अगाडि थियो। तर, टोटनह्यामका लुकास मौराले ५५औं, ५९औं र ९०+६औं मिनेटमा गोल गर्दै खेल औसतामा ३ ३ मा पुर्याए। अन्तिम मिनेटमा गरेको अवे गोलले दोस्रो लेग मात्र जिताएन, टोटनह्यामलाई फाइनलमा पनि पुर्यायो।
च्याम्पियन्स लिगको फाइनल जुन १ मा एथ्लेटिको मड्रिडको होम स्टेडियम मेट्रोपोलिटन स्टेडियमा हुने छ।
यसपटक बार्सा र अजाक्स सम्भावित फाइनल टिममा पर्ने अनुमान धेरै खेल पण्डितहरूले गरेका थिए। सेमिफाइनलको पहिलो लेगमा यी दुबै टिम बिजयी भएर त्यो सम्भावना मजबुत पनि बनाएका थिए तर दोस्रो लेगमा इङ्लिस क्लबले चमत्कारिक पुनरागमन गर्दै बार्सा र अजाक्सको सपनालाई मात्र चकनाचुर पारिदिएनन्, खेल पण्डितहरूलाई पानी ज्योतिषी बनाइ दिए।