वासिम जाफर बंगलादेशको युवा टोलीका प्रशिक्षक नियुक्त

Agency

भारतका पूर्व ब्याट्सम्यान वासिम जाफर बंगलादेशको युवा एकेडेमीको प्रशिक्षक नियुक्त भएका छन्।

उनलाई बंगलादेशी क्रिकेट बोर्डले ‘हाइ–परफर्मेन्स’ एकेडेमीको ब्याटिङ प्रशिक्षक नियुक्त गरेको छ। श्रोतका अनुसार उनी ६ महिना बंगलादेशका ब्याट्सम्यानलाई प्रशिक्षण दिने छन्।

जाफर हालै ढाका प्रिमियर लिग (डिपिएल) मा आबहानी लिमिटेडको टिममा समावेश थिए। उनको ब्याटिङबाट प्रभावित बोर्डले उनलाई प्रशिक्षक बनाउने निर्णय गरेको थियो। वासिमको देखरेखमा सौम्य सरकारले उत्कृष्ट प्रदर्शन गरेका थिए।

ढाका प्रिमियर लिगमा सौम्य सरकारले एक सतक र एक दोहोरो सतक बनाएका थिए। जाफरले भारतबाट ३१ टेस्ट खेल्ने क्रममा १९४४ रन बनाएका थिए। उनले दुई वटा एकदिवसीय अन्तर्राष्ट्रि पनि खेलेका थिए।

वासिमले प्रथम श्रेणी क्रिकेटमा १८ हजार भन्दा बढी रन बनाएका छन्। उनी सहभागी टिम १० पटक रणजी ट्रफीको फाइनल पुगेको थियो र सबै पल्ट उपाधि जितेको थियो।

प्रकाशित मिति: : 2019-05-17 23:46:48

प्रतिकृया दिनुहोस्