एमाले पालिका अधिवेशन

संखुवासभामा ६ पालिकामा सर्वसम्मत नेतृत्व चयन

File Photo
File Photo

नेकपा एमालेले संखुवासभाका ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ। जिल्लाका १० पालिका मध्ये ६ पालिकामा ९ कात्तिकमा सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो।

नेकपा एमाले संखुवासभाका सचिव नारायण कटुवालका अनुसार चार पालिकामा भने नेतृत्व चयन हुन नसकेपछि अधिवेशन स्थगन गरिएको छ। खाँदबारी नगर कमिटीको अध्यक्षमा देवेन्द्र घिमिरे सर्वसम्मत चयन भएको छन्। उपाध्यक्ष जेविन राई, सचिव झलक बुढाथोकी, उपसचिव शान्ता थापा र सरोज श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।

नेकपा एमाले धर्मदेवी नगर कमिटीको अध्यक्षमा सूर्य पौडेल सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा कबिता श्रेष्ठ, सचिवमा चन्द्रकुमार पौडेल, उपसचिव सोमकुमारी राया (सोभा) र टिकाराम दाहाल चयन भएको सचिव कटुवालले बताए। उनका अनुसार मादी नगर कमिटीको अध्यक्षमा जीवन लिङ्थेप चयन भएका छन्। उपाध्यक्ष रामभक्त दाहाल, सचिव गिरिराज भण्डारी, उपसचिव खड्ग दर्जी र टंकप्रसाद दाहाल चयन भएका छन्। पाँचखपन नगर कमिटीको अध्यक्षमा गोपाल श्रेष्ठ चयन भएका छन्। उपाध्यक्षमा गायत्री दाहाल, सचिवमा राजन खड्का, उपसचिवमा सुवास मोक्तान र ऋषि श्रेष्ठ चयन भएका छन्।

यस्तै, चिचिला गाउँपालिका अध्यक्षमा लोकबहादुर घले चयन भएका छन्। उपाध्यक्ष उमा गुरूङ, सचिव राजकुमार राई, उपसचिव अनिश गुरुङ र जयबहादुर गुरुङ चयन भएका छन्। मकालु गाउँपालिकाको अध्यक्षमा ताराकुमार गुरुङ चयन भएका छन्। उपाध्यक्ष डिल्ली राई, सचिव वसन्त मेघी गुरुङ, उपसचिव सुबास पोखरेल र देशन राई सर्वसम्मत चयन भएका छन्। चैनपुर नगरपालिका, भोटखोला, सभापोखरी र सिलिचोङ गाउँपालिकाको अधिवेशन विवादका कारण पछि सरेको नेकपा एमाले संखुवासभाले जनाएको छ। 
 

प्रकाशित मिति: : 2021-10-27 14:21:00

प्रतिकृया दिनुहोस्