गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएका ड्वेन ब्राभो र तीन बर्ष अगाडि अन्तिम पल्ट एकदिवसीयमा देखा परेका किरोन पोलार्ड वेष्ट इन्डिजको विश्व कप टोलीमा पुनः फर्किएका छन्।
तर, दुवै रिजर्भ खेलाडीको सूचिमा समावेश छन्। क्रिकेट वेष्ट इन्डिजले आफ्नो आधिकारीक साइटमा ब्राभो र पोलार्डलाई रिजर्भ खेलाडीको सूचिमा समावेश गरेको जानकारी दिएको छ।
ब्राभोले अक्टुबर २०१८ मा सन्यास लिएका थिए। अलराउन्डर पोलार्ड २०१६ देखि नै टिममा समावेश छैनन्।
ब्राभोले २०१४ देखि नै एकदिवसीय क्रिकेट खेलेका छैनन्। आफ्नो कप्तानीमा भारत भ्रमणका क्रममा बोर्डसँग विवाद बढेपछि उनी देश फर्किएका थिए। उनी टि–२० क्रिकेटमा भने देखा पर्दै आइरहेका थिए।
यी बाहेक सुनिल एम्ब्रिस र अलराउन्डर रेमोन साउथम्पटनलाई पनि टिममा समावेश गरिएको छ। विश्व कपको १५ सदस्यीय टिममा भने उनीहरुको नाम भने छैन्।
विश्व कप क्रिकेट ३० मे देखि सुरु हुदैछ। वेष्ट इन्डिजले ३१ मेमा पाकिस्तानविरुद्ध पहिलो खेल खेल्ने छ।
प्रकाशित मिति:
: 2019-05-19 18:16:56