क्रान्तिको नाममा लुट, देशको नाममा धोका
बिएल संवाददाता
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा गरेको छ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै अर्बाैँ ठगी गरेको आरोपमा विभिन्न समयमा १६ जनालाई पक्राउ गरी उनीहरुको बयानका आधारमा प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेको छ।
अन्तिम पटक हिजो (शनिबार) पूर्व सांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष शमशेर मियाँको बयान लिएको थियो। पक्राउ परेका १६ जनाको बयान र विभिन्न प्रमाणका आधारमा प्रहरीका अनुसन्धान अधिकृतहरुले प्रतिवेदन तयार गरेका छन्। ‘अनुसन्धान त लगभग सकियो, तीन शनिबार पनि तीन जनाको बयान भएको थियो, रायसहित आज सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी छ,’ टेकुस्थित काठमाडौँ प्रहरी परिसरका सूचना अधिकारी एसपी सिताराम रिजालले भने।
यस प्रकरणमा एमाले सचिव (निलम्बित) एवम् पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहसचिव टेकनारायण पाण्डे, एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, टोपबहादुरका छोरा सन्दीप रायमाझी, नरेन्द्र केसी, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर राई, रामशरण केसी र गोबिन्द चौधरी गरी १६ जना आरोपितलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।
यस प्रकरणमा पक्राउ पुर्जी जारी भएका बादलका छोरा प्रतीक थापा र इन्द्रजितका छोरा निरज राई फरार छन्।
पक्राउ परेकाहरुविरुद्ध संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधको कसुर गरी तीन अभियोग सिफारिस गर्ने तयारी छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया