बार्सिलोनाका कप्तान लियोनल मेसीले छैठौं पटक पिचिची अवार्डको उपाधि जितेका छन्।
स्पेनिस ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बनेका मेसीले छैठौं पटक पिचिची अवार्ड जितेका हुन्।
मेसीले यो सिजन ला लिगामा कुल ३६ गोल गर्दै आफ्नै टिमका लुइस स्वारेज र रियल मड्रिडका करिम बेन्जिमालाई पछि पार्दै अवार्ड हात पारे।
स्वारेज र बेन्जिमाले समान २१-२१ गोल गरेका थिए।
आइतबार भएको सिजनको अन्तिम खेलमा इबरविरुद्ध दुई गोल गरेका मेसीले यो सिजन सबैखाले प्रतियोगितामा ५० औं गोल पुरा गरेका छन्।
यो सँगै मेस्सीले सर्वाधिक ६ पटक पिचिची अवार्ड जित्ने कीर्तिमान बराबरी गरेका छन्। मेसीले एट्लेटिको मड्रिडका टेल्मो जाराले ६६ वर्षअगाडि बनाएको कीर्तिमान बराबरी गरेका हुन्।