२ वर्षपछि वहाव रियाजको पाकिस्तानी टिममा पुनरागमन

GEO TV

विश्व कप खेल्ने पाकिस्तानी टोलीमा २ वर्षपछि वहाव रियाजको पुनरागमन भएको छ। पाकिस्तान क्रिकेट बोर्डले सोमबार घोषणा गरेको १५ सदस्यीय विश्व कप टोलीमा ३३ वर्षिय रियाज फर्किएका हुन्।

तीब्र गतिका बलर रियाजले पछिल्लो पल्ट सन् २०१७ को जुनमा एकदिवसीय खेलेका थिए।

प्रमुख छनोटकर्ता इन्जमाम उल–हकले टिममा लेग स्पिनर सादाब खानलाई पनि समावेश गरिएको जानकारी दिए।

१५ सदस्यीय टिममा आसिफ अली र मोहम्मद आमिर पनि समावेश छन्। आसिफको १९ महिनाकी छोरी नूर फातिमाको क्यान्सरका कारण आइतबार निधन भएको थियो।

विश्व कप टोलीबाट बाहिरिने खेलाडीमा आबिद अली, फहिम असरफ र जुनेद खान छन्।

पाकिस्तान टोलीः
सरफराज अहमद (कप्तान), फखर जमां, इमाम उल–हक, बाबर आजम, सोएब मलिक, मोहम्मद हफिज, आसिफ अली, सादाब खान, इमाद वसिम, ह्यारिस सोहेल, हसन अली, साहिन अफरिदी, मोहम्मद आमिर, वहाव रियाज र मोहम्मद हसनैन।

प्रकाशित मिति: : 2019-05-20 21:34:11

प्रतिकृया दिनुहोस्