‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
बिएल संवाददाता
चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० अन्तर्गतकाे खेलमा विराटनगर वारियर्स भैरहवा ग्लाडीयटर्ससँग पराजित भएकाे छ। किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले पहिलो जित निकालेको हो।
विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
भैरहवाको जितमा उपुल थरंगाले अविजित ३४ रन बनाए। प्रदिप ऐरीले २२ रन, मिम इकबाल र रोहित पौडेलले समान १२/१२ रनकाे याेग्दान गरे। कप्तान शरद भेषवाकर ६ रन अविजित रहँदा आरिफ शेख सुन्य रनमा आउट भए।
विराटनगरका रामनरेश गिरिले २ विकेट लिए तथा करण केसी र बसन्त रेग्मीले १/१ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो। जसमा दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए। सुमित महर्जनले १३ रन, आसिफ शेख र अनिल साहले समान ११/११ रन बनाएकाे याेग्दान गरे। भने, बसन्त रेग्मी १० रन बनाएर अविजित रहे।
भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले ३/३ विकेट लिए।
यस जितसँगै भैरहवाले २ खेलमा ३ अंक जाेड्दै शीर्ष स्थानमा उक्लिएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया