केदार जाधव फिट, भारतीय टिममा फर्किए

Agency

अलराउन्डर केदार जाधव फिट घोषित भएका छन्। उनी भारतीय टिमसँगै २२ मेमा इंंग्ल्यान्ड भ्रमणमा निस्किने छन्। चोटका कारण जाधवले विश्व कप गुमाउने आशंका गरिएको थियो। तर, टिम इन्डियाका फिजियो प्याट्रिक फरहार्टले उनको फिटनेस रिपोर्ट भारतीय क्रिकेट बोर्डलाई सुम्पिएका छन्।

जाधव उनकै रेखदेखमा चोटबाट बाहिरिने प्रयास गरिरहेका थिए। मुम्बईमा भएको फिटनेस टेस्टमा उनी पास भए।

जाधव आइपिएल खेल्ने क्रममा अन्तिम लिग खेलमा घाइते भएका थिए। चेन्नई सुपर किङ्सका यी अलराउन्डले बाउन्ड्री जोगाउने क्रममा डाइभ हानेपछि उनको कुममा चोट लागेको थियो।

चोटका कारण उनी प्लेअफमा पनि समावेश भएनन्।

जाधवले ५९ एकदिवसीयमा ४३ दशमलव ५० को औसतले १ हजार १ सय ७४ रन बनाइसकेका छन्। यस बीच उनले २ सतक र ५ अर्धसतक बनाएका छन्। उनको स्ट्राइक रेट १ सय २ दशमलव ५० को औसत छ। जाधव साइड आर्म एक्सनबाट अफ स्पिन गर्छन्। उनले २७ विकेट लिइसकेका छन्।

प्रकाशित मिति: : 2019-05-20 22:07:32

प्रतिकृया दिनुहोस्