आइतबार, १७ अगस्ट २०२५

‘गगन थापाले आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा २ सिट जित्यौँ’

File Photo
• • •

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले गत मंसिर सम्पन्न आम–निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री ‘गगन थापा समूह’सँग रास्वपाले मत साटफेर गरेको खुलासा गरेका छन्।

रास्वपाले बिहीबार सार्वजनिक गरेको ३२ पृष्ठ लामाे समीक्षा प्रतिवेदनमार्फत ढकालले यस्ताे खुलासा गरेका हुन्।

महामन्त्री थापालाई प्रतिनिधिसभाको चुनाव जित्न सहज बनाइदिँदा रास्वपालाई पनि प्रत्यक्षमा २ सिट नाफा भएको विश्लेषण गरेका छन्।

ढकालले विवादित ‘समीक्षा प्रतिवेदन’मा गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको बताएका छन्।

‘गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण, आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा २ सिट नाफा हुन पुग्यो,’ उनले लेखेका छन्, ‘नतिजाले काठमाडौँ ०४ पनि हामीले जित्ने देखाएकाले, गगनसँगको सहकार्यले हामीलाई न तात्कालिक फाइदा दियो, न अहिले फाइदा भयो।’

बिहिबार, असार २०, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!