इंग्ल्यान्डमाथि अस्ट्रेलियाको रोमाञ्चक जित, स्मिथको शतकमा

तस्बिरः एजेन्सी

अस्ट्रेलियाले विश्वकप वार्मअप खेलमाइंग्ल्यान्डलाई १२ रनले हराउँदै आफूलाई बलियो दाबेदारी प्रस्तुत गरेको छ।

शनिबार राति सम्पन्न रोमान्चक खेलमा स्टिभ स्मिथको शतकसँगै अस्ट्रेलियाले इंल्याण्डमाथि १२ रनको जित निकालेको हो।

इंग्ल्यान्डलाई जितको लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो।तर मार्कस स्टोइनिसले ३ बलमा २ विकेट लिँदै इंग्ल्याण्डलाई अल आउट बनाउँदै २८५ रनमा समेटे।

२ सय ९८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४९.३ ओभरमा अल आउट हुँदै २ सय ८५ मात्र बनाउन सक्यो।

इंग्ल्यान्डका लागि मध्यक्रमका जेम्स भिन्सले ६४ रन बनाउँदा कार्यवाहक कप्तान जस बटलरले अर्धसतकीय इनिङ्स खेले। उनले ३१ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै आक्रमक ५२ रन बटुले।

ओपनर जोसन रोयले ३२,जोनी बेयरस्ट्रो १२,बेन स्ट्रोक्स २०,टम कुरन र मइन अली २२ रनमा आउट भएका थिए। क्रिस वोक्स ४० रनमा आउट भए।

अष्ट्रेलियाका लागि जेसन बेहरनडर्फ र केन रिचड्सनले समान २ विकेट लिए। त्यस्तै नाथन लायन,एडम जम्पा,मार्कस स्टोइनिस र नाथन कुल्टर नाईलले समान १-१ विकेट लिए।

त्यसअघि साउथह्याम्पटनमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २सय ९७ रन बनाएको थियो।

अष्ट्रेलियाका लागिस्टिभ स्मिथले १ सय १६ रनको बनाउँदै बलियो स्थितिमा पुर्‍याए।

यस्तै ओपनर डेविड वार्नरले ४३ रन बनाउँदा आरोन फिन्च १४ रनमा आउट भए।शन मार्श ३०, मार्कश स्टोइनिस १३, उस्मान खवाजा ३१ र एलेक्स करीले ३० रनको योगदान दिएका थिए।

इंग्ल्यान्डका तीव्र गतिका बलर लियाम प्लन्केटले ४ विकेट लिए भने मार्क उड,टक कुरन र लियाम डसनले समान १-१ विकेट हात पारेका थिए।

हिजै भएको अर्को खेलमा भारत न्यूजिल्याण्डसँग फराकिलो अन्तरमा पराजित भएको थियो

प्रकाशित मिति: : 2019-05-26 08:51:30

प्रतिकृया दिनुहोस्