‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
बिएल संवाददाता
नेपाल बार एसोसियनले धर्ना सुरु गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वाेच्च अदालतको गेटमै रोक्ने घोषणा गरेको बारले बिहान नेपाल बार एसोसियनको केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको हो।
तर, सुरक्षाकर्मीले आन्दाेलनकारीलाई सर्वाेच्च अदालत प्रवेशमा राेक लगाएकाे छ। बारको टोली सर्वाेच्च अदालत जाने कार्यक्रम रहे पनि गेट बन्द गरिएकाे छ। स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ। अधिवक्ता ओमप्रकाश अर्यालले कुनै पनि हालतमा सर्वाेच्चमा धर्ना दिइने बताए। ‘गिरफ्तारी हुनुपरे पनि तयार छौँ, तर आन्दोलन जारी रहन्छ,’ उनले भने।
सर्वाेच्च क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएकोमा अहिले सशस्त्र प्रहरी पनि परिचालन भएको छ।
सामान्यतया सर्वाेच्च परिसरको सुरक्षाको जिम्मा सर्वोच्च अदालत सुरक्षा गणले लिएको छ। तर, सुरक्षा संवेदनशीलता भन्दै हाल सुरक्षाको व्यवस्थापन नेपाल प्रहरीको काठमाडौं परिसरले गरिरहेको छ। सामान्य अवस्थामा प्रहरी मात्र परिचालन हुने गरेकामा आज सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया