पाकिस्तानका पूर्व कप्तान साहिद आफ्रिदीले भारतका पूर्व ब्याट्सम्यान गौतम गम्भीरलाई बुद्धि नभएको मान्छे भन्दै आलोचना गरेका छन्।
१७ औं लोकसभा निर्वाचनमा राजधानी नयाँ दिल्लीबाट गम्भीरले चुनाव जितेका थिए।
आफ्रिदीले निर्वाचनमा उनलाई भोट गर्ने मतदातातर्फ इंकित गर्दै भने, ‘जसको बुद्धि नै छैन, त्यसलाई किन भोट हालेको होला।’
आफ्रिदीले गम्भीरको सम्बन्ध पहिलेदेखि नै त्यति सुमधुर मानिदैन्। कुनै मुद्धा पायो कि गम्भीरको विषयमा टिप्पणी गर्न भ्याइहाल्छन् आफ्रिदी।
भारतमा केही महिनाअगाडि भएको पुलवामा हमलामा पाकिस्तानको हात रहेको भारतीय दावी अगाडि आएपछि गम्भीरले पाकिस्तानसँग क्रिकेट खेल्न नहुने अडान राखेका थिए।
पाकिस्तानमा पत्रकारसँग कुरा गर्दै आफ्रिदीले भने, ‘कुनै पढे लेखेको व्यक्तिले त्यस्तो कुरा गर्छ। उनले चुनावमा भोट पाउन भारत–पाकिस्तान क्रिकेट खेल्न हुँदैन भनेका हुन्।’
भारत र पाकिस्तान आउँदो विश्व कप क्रिकेटमा १६ जुनमा म्यानचेस्टरमा प्रतिस्पर्धा गर्दैछन्।