नेपाल भर्सेस इन्डिया

भारतविरुद्धकाे प्रतिस्पर्धामा खेलाडीलाई हौसला दिन श्रीलंकामा रवि र बालेन

एसिया कपअन्तर्गत आज (सोमबार) दिउँसो सवा ३ बजे श्रीलंकामा हुने भारतविरुद्धको प्रतिस्पर्धामा खेलाडीलाई हौसला प्रदान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वगृहमन्त्री रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) श्रीलंका पुगेका छन्।

लामिछाने आइतबार दिउँसो श्रीमतीसहित त्यसतर्फ प्रस्थान गरेका हुन् भने बालेन पनि आइतबार नै श्रीलंका गएका हुन्।

घरेलु मैदानमा हुने प्रतियोगिताहरुमा देशमा राजनीतिज्ञहरु मैदानमा पुगेर हौसला दिने गरे पनि विदेशी भूमिमा कमै पुग्ने गर्छन्।

नेपालले आज इतिहासमै पहिलोपटक क्रिकेटको बलियो टोली भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। क्रिकेटका महारथि देश भारतसँग प्रतिस्पर्धा गर्नु नै ठुलो सफलता मानिएको यो खेललाई विशेष महत्वका साथ हेरिएको बेला रवि र बालेन मैदानमै पुगेका हुन्।

प्रकाशित मिति: : 2023-09-04 09:24:00

प्रतिकृया दिनुहोस्