इङ्ल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा पहिलोपटक दुई एसियाली राष्ट्र श्रीलंका र पाकिस्तानले अंक बाँडेका छन् । ब्रिस्टोनमा भएको भारी वर्षाका कारण एक बल पनि बलिङ नभई खेल रद्द भएपछि उनीहरू अंक बाँड्न बाध्य भएका हुन् ।
अंक बाँडेपछि तीन खेलबाट एक जीत, एक हार र एक बराबर परिणामका साथ दुबैको तीन तीन अंक भएको छ । रनरेटका आधारमा श्रीलंका पाकिस्तानभन्दा अगाडि हुँदा अंक तालिकामा श्रीलंका तेस्रो र पाकिस्तान चौथो स्थानमा रहेका छन् ।
न्युजिल्याण्ड र अस्ट्रेलियाले खेलेका दुई खेलमा शत् प्रतिशत जित निकाल्दै क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन् । पुछारमा रहेका दक्षिण अफ्रिका र अफगानिस्तान भने जितको खाता खोल्न सकेका छैनन् । दक्षिण अफ्रिकाले तीन खेद खेलेको छ भने अफगानिस्तानले दुई खेल खेलेको छ ।