एसिया कप

भारतविरुद्ध ऐतिहासिक प्रतिस्पर्धा गर्दै नेपाल

एसिया कपअन्तर्गत नेपालले आज (सोमबार) भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्दैछ। नेपालले भारतसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाल र भारतबीचको प्रतिस्पर्धा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको क्यान्डीमा हुँदैछ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालको यो समूह चरणको अन्तिम खेल हो। आजको खेलमा भारतलाई पराजित गर्दै नेपाल सुपर फोरमा पुग्छ चाहन्छ।

समूह ‘ए’मा नेपालसहित आयोजक राष्ट्र पाकिस्तान र भारत रहेका छन्। पहिलो खेलमा नेपाललाई सहजै पन्छाएको पाकिस्तान दोस्रो खेल वर्षाको कारण रद्द हुँदा अंक बाँड्दै ३ अंकसहित सुपर फोमा पुगिसकेको छ।

नेपाल आजको खेलमा भारतलाई पराजित गर्न सकेमात्रै सुपर फोरमा पुग्नेछ। अन्यथा, नेपाल अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिनेछ।

शनिबार पाकिस्तानसँग अंक बाँडेको भारत भने आजको प्रतिस्पर्धा जितेमा वा शनिबारको जस्तै खेल रद्द भए पनि सुपर फोरमा पुग्नेछ।

नेपालको सम्भावित प्लेइङ– ११

कुशल भुर्तेल, आसिफ शेख (विकेट), रोहित पौडेल (कप्तान), आरिफ शेख,  कुशल मल्ल,  दीपेन्द्र सिंह ऐरी,  गुल्सन झा,  सोमपाल कामी,  करण केसी,  सन्दीप लामिछाने, ललित राजवंशी

प्रकाशित मिति: : 2023-09-04 14:30:00

प्रतिकृया दिनुहोस्